Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आज विश्व माटो दिवस : ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि मनाइँदै

आज विश्व माटो दिवस : ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि मनाइँदै

images

इच्छाकामना न्युज

१९, मंसिर २०८०
आज विश्व माटो दिवस : ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि मनाइँदै
images

काठमाण्डौँ । आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन एफएओ लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कले गएको मङ्सिर १६ गतेदेखि नै कार्यक्रम गर्दै आएको छ । नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायबारे प्रचार, माटोको निःशुल्क जाँच शिविर, माटोको महत्वबारे बहसलगायतका कार्यक्रम गरिरहेको छ ।

माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषयलाई विश्वस्तरमै एकताबद्ध रुपमा सम्बोधन गर्ने र व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व माटो दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन मनाउने गरिन्छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - ०८:२५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology