सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. ७ स्थित खेतबारीमा पनि खानेपानी आयोजना संचालन हुने भएको छ । गाउँपालिकाको ‘एक घर, एक धारा अभियान’ अन्तर्गत खानेपानी आयोजना संचालन हुन लागेको हो ।
गाउँपालिका, स्थानीय जनसहभागीता र वाइन टु वाटरको साझेदारीमा निर्माण हुने उक्त खेतबारी खानेपानी आयोजनाको आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले शिलान्यास गर्नुभएको छ । आयोजनाको शिलान्यास गर्दै नागरिकलाई स्वास्थ्य खानेपानी पिलाउन पालिका हरदम लागिरहेको उहाँले बताउनुभयो ।
यस्तै अध्यक्ष गुरुङका अनुसार करिब ७१ लाख रुपैयाँ लागतमा सम्पन्न हुने उक्त आयेजनाबाटबाट ७१ घर परिवार लाभान्वित हुने छ । गाउँपालिकाले एक घर एक धारा अभियान अन्तरगत हिजो आइतबार मात्रै इच्छाकामनाको वडा नम्बर २ मा दुई वटा आयोजनाको शुभारम्भ गरेको थिए ।