आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले इन्जिनियरिङ पढ्ने गाउँपालिकाका एक विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद रकम सहयोग प्रदान गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ स्थित भदौरे टोलका विकास परियारलाई इन्जिनियरिङ पढ्न प्रोत्साहन स्वरुप आइतबार नगद ५० हजार सहयोग गरेको हो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले उक्त रकमको चेक आइतबार परियारलाई गाउँपालिकामै बोलाएर हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बमोजिम जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरुप परियारलाई रकम सहयोग गरिएको अध्यक्ष चुमानले बताए।
सहयोग रकम प्राप्त गर्ने विद्यार्थी विकाश परियार थापाथली क्याम्पसमा सिभिल इन्जिनियरिङ अध्ययनरत छन् ।
अध्यक्ष चुमानले भने, “प्राविधिक विषय अध्ययन गर्ने छात्रछात्रालाई अध्ययनमा प्रोत्साहन दिन यो कार्यक्रम ल्याइएको हो ।”