मायाटार । चितवनको इच्छाकामना गाउँपालिकाको ‘एक घर, एक धारा अभियान’ अन्तर्गत आजा एकै दिन दुई वटा खानेपानी आयोजनाको शुभारम्भ गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ स्थित छापडाडाँ र दुम्किङ, हेप्चेक, मायाटार खानेपानी आयोजनाको एकै दिन शिलान्यास गरिएको हो ।
अभियान अन्तरर्गत १९० घरधुरीका लागि दुई वटा खानेपानी आयोजनाको काम एक साथ शुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । गाउँपालिका, स्थानिय उपभोक्ता र साझेदार संस्था वाइन टु वाटरको साझेदारीमा सम्पन्न गरिने आयोजनाको कुल लागत १ करोड ७९ लाख ७३ हजार रहेको उहाँले बताउनुभयो ।
आइतबार शिलान्यास गरिएको दुवै आयोजना माघ मसान्तसम्म सम्पन्न हुने गरि शुभारम्भ गरिएको हो ।