इच्छाकामना । प्रथम इच्छाकामना म्याराथुन दौड प्रतियोगितामा गोरखाको सहिद लखन गाउँपालिका घैरुङ निवासी सञ्जय श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले मुग्लिन देखि इच्छाकामना मन्दिरसम्मको निर्धारित १४ किलोमिटरको दुरी १ घण्टा १४ निेटमा पार गर्दै प्रथम भएका हुन् । प्रथम भएसँगै उनले नगद २० हजार पुरस्कार जितेका छन् ।
यस्तै प्रतियोगितामा आँबुखैरेनी १ बरादीका सनम गुरुङ दोस्रो भएका छन् । उनले प्रतियोगितामा निर्धारीत दुरी १ घण्टा १७ मिनेट १५ सेकेण्डमा पार गरेका थिए । दोस्रो भएसँगै उनले १० हजार नगद पुरस्कार हात पारेको छ ।
चितवनको इच्छाकामना गाउँपालिकामा रहेको चर्चित धार्मिक पर्यटकीय स्थल इच्छाकामना मन्दिरमा लाग्ने ठुलो पञ्चमी मेलाको अवसरमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको हो ।