मुग्लिन । पर्यटन प्रवर्धनका लागि चितवनको इच्छाकामनामा ५ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिर परिषरमा विभिन्न कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाको अवसर पारेर मङ्सिर १५ र १६ गते विभिन्न कार्यक्रम हुने भएको हो ।
मेलाको अवसरमा पर्यटन प्रवद्र्धनका लागि म्याराथन प्रतियोगिता, चुड्का प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम हुने श्री सिद्धबाबा इच्छाकामना मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो। अध्यक्ष बोहोराले भन्नुभयो,“हरेक बर्ष लाग्ने पञ्चमी मेलाको अवसर पारेर यहाँ रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि खुल्ला म्याराथन प्रतियोगिता, चेड्का नाँच प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेका हौँ, यस मेलाको अवसरमा हुने विविध कार्यक्रमहरुले इच्छाकामना मन्दिर सहित यहाँ रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा टेवा पुग्ने उदेश्य लिएको छ ।” मेलामा राष्ट्रिय तथा स्थानिय विभिन्न विद्याका कलाकारहरुको प्रश्तुती पनि रहने उहाँले जानकारी दिनुभयो ।
म्याराथन प्रतियोगिताका संयोजक झलक गुरुङका अनुसार मुग्लिन बजारबाट इच्छाकामना मन्दिर सम्म ११।०४७ किलोमिटरको दुरीमा खुल्ला म्याराथन प्रतियोगिता हुने छ । प्रतियोगितामा प्रथम हुनेले रु २० हजार नगद र द्धितिय हुनेले रु १० हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । श्री सिद्धबाबा इच्छाकामना मन्दिर संरक्षण समिति र इच्छाकामना त्रिवेणीकला केन्द्रको संयुक्त आयोजनामा म्याराथन प्रतियोगिता हुने भएको हो ।
यसैबिच चुड्का नाँच प्रतियोगिता अन्तरगत उत्कृष्ट एक समूहलाई रु १० हजार र सहभागी अन्य टिमलाई ८ हजार उपलब्ध गराउने आयोजकले जनाएको छ।
मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा रातभर मेला लाग्ने र विहान पुजाआजाका साथै बली चढाइने परम्परा रहेको छ। रातभर मेला लाग्ने विहान पुजाआजाका साथै बली चढाउने प्रचलन छ ।
केहि बर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रुपमा मनाउनको लागि सो दिन दिन सार्वजनिक विदा समेत दिन थालेको छ। इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्दछ। मनकामना देवीको सात दिदी बहिनी मध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।
इच्छाकामना माइको मन्दिरमा सन्तान नभएकाहरुले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्न सकिन्छ भन्ने सदियौ देखि जनविश्वास रहेको पाइन्छ ।
इच्छाकामना मन्दिर धार्मिक पर्यटकीय स्थलको सम्भावना बोकेको पर्यटकीय स्थल हो । समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ। इच्छाकामनाको वरपर जंगलले ढाकेको छ। फागुन÷चैत ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रंगीन बन्छ। इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे«सम्म पनि देख्न सकिन्छ।
मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको मन्दिर संरक्षणल समितिका अध्यक्ष बोहोराले बताउनुभयो। पछिल्लो समय मनकामना, इच्छाकामना, छिम्केश्वरी र त्रिवेणीलाई चारधामको रुपमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानिय अभियानता तथा जनप्रतिनिधिहरुले जोड दिएका छन् ।