Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जित्यो, वडा नं. ७ उपविजेता

इच्छाकामना गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जित्यो, वडा नं. ७ उपविजेता

images

इच्छाकामना न्युज

१२, मंसिर २०८०
इच्छाकामना गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जित्यो, वडा नं. ७ उपविजेता
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाद्वारा आयोजित पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ को टिमले जितेको छ । फाइनलमा वडा नं. ७ को टिमलाई २–१ गोल अन्तरले हराउदै वडा नं. ५ ले उपाधी जितेको हो ।

वडा नं. ५ को जितको लागि डम्बर बहादुर गुरुङले २ गोल गरे भने वडा नं. ७ को लागि एकमात्र गोल आयुष मगरले गरेका थिए । जितसँगै वडा नं. ५ ले नगद २० हजार हात पारेको छ । उपविजेता बनेको वडा नं. ७ ले नगद १६ हजार पाएको छ । 

यस्तै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी वडा नं. ५ का डम्बर बहादुर गुरुङले नगद ५ हजार र ट्रफी पाएका छन् । उनले प्रतियोगिता भर सबैभन्दा बढि २ गोल गरेका थिए । 

प्रतियोगितामा बेष्ट प्लेयरको उपाधी वडा नं. ७ का खेलाडी रोशन गुरुङ भएका छन् भने उत्कृष्ट गोलरक्षकको उपाधी वडा नं. ५ का दर्शन कंडेल कंडेल भएका छन् । उनीहरुले पनि जनही नगद ५ हजार र ट्रफी पाएका छन् । 

 

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १८:५०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology