Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा पालिका स्तरीय फुटबल प्रतियोगिता संचालन, वडा नं. ७ फाईनलमा प्रवेश

इच्छाकामनामा पालिका स्तरीय फुटबल प्रतियोगिता संचालन, वडा नं. ७ फाईनलमा प्रवेश

images

इच्छाकामना न्युज

११, मंसिर २०८०
इच्छाकामनामा पालिका स्तरीय फुटबल प्रतियोगिता संचालन, वडा नं. ७ फाईनलमा प्रवेश
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा पालिका स्तरीय फुटबल प्रतियोगिता संचालन भएको छ । गाउँपालिकाले पालिका स्तरीय फुटबल टिम तयार पार्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता आजदेखि सुरु भएको हो ।

405905517_853235356548394_4516087893462105431_n.jpg

गाउँपालिकाको ७ वटा वडाबाट प्रतिनिधित्व हुने गरी ७ वटै वडाको टिम प्रतियोगितामा सहभागी भएको छ । प्रतियोगितामा पहिलो दिन ४ वटा खेल भएको छ । जसमा पहिलो खेल वडा नं. १ र वडा नंं. ७ बिच भएको थियो जसमा वडा नं. ७ ले वडा नं. २ लाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । दोस्रो खेलमा वडा नं. ६ र वडा नं. ३ बिच भएको थियो भने सो खेलमा वडा नं. ६ ले वडा नं. ३ लाई १–० गोल अन्तरले हरायो ।

405504804_853235476548382_3262885787513165371_n.jpg

यस्तै तेस्रो खेल वडा नं. ५ र वडा नं. २ बिच भएको थियो भने सो खेल वडा नं. ५ ले वडा नं. २ लाई २–० गोल अन्तरले हरायो । अन्तमा भएको सेमिफाईनल अन्तर्गतको पहिलो खेल वडा नं. ७ र बाई पाएको वडा नं. ४ बिच भएको थियो । सोही खेलमा वडा नं. ४ लाई ट्राईबेकरमा ५–४ गोल अन्तरले हराउदै वडा नं. ७ फाईनलमा प्रवेश गरेको छ ।

405923974_853235793215017_5620471897389148441_n.jpg

प्रतियोगितामा अहिलेसम्म सर्वाधिक गोल गर्नेमा वडा नं. ५ का खेलाडी शित्तल गुरुङ रहेका छन् ।

भोलीसम्म संचालन हुने प्रतियोगिताको समुद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल लगायत वडाध्यक्षहरुको सहभागीता रहेको थियो । 

405960819_853235916548338_3346751787456128456_n.jpg406001808_853235833215013_6851749145457608433_n.jpg

images
प्रकाशित मिति :मंसिर ११, २०८० सोमवार - २२:१३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology