Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरमा वेश्यावृत्ति, टिकटक मार्फत यसरि तान्थे ग्राहक, संचालक पक्राउ

नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरमा वेश्यावृत्ति, टिकटक मार्फत यसरि तान्थे ग्राहक, संचालक पक्राउ

images

इच्छाकामना न्युज

११, मंसिर २०८०
नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरमा वेश्यावृत्ति, टिकटक मार्फत यसरि तान्थे ग्राहक,  संचालक पक्राउ
images

काठमाडौं । काठमाडौंको रातो पुलमा वेश्यावृत्ति सञ्चालन गरेको आरोपमा स्पा सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले संखुवासभाको चिचिला गाउँपालिका–१ का ४३ वर्षीय दिनेश पौडेललाई पक्राउ गरेको हो ।

उनले काठमाडौं महानगरपालिका–१ रातो पुलमा नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टर सञ्चालन गर्दै आएका थिए । उक्त स्पामा राखिएका युवतीहरुलाई वेश्यावृत्तिमा लगाइएको पाइएपछि पौडेललाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार उक्त स्पाबाट ३ जना युवतीलाई उद्धार पनि गरिएको छ । स्टाफ युवतीहरुलाई टिकटक लाईभ मार्फत उत्तेजक कुराकानी गरेर ग्राहक आकर्षित गर्न लगाउने अनि स्पामा बोलाएर यौन सम्वन्ध राख्न लगाउने गरेको उजुरी छ ।

पौडेलमाथि अदालतबाट ५ दिनको थुना म्याद लिएर अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०८० सोमवार - २०:४३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology