Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना केवलकारमा एक करोड ८० लाखभन्दा बढीले गरे यात्रा

मनकामना केवलकारमा एक करोड ८० लाखभन्दा बढीले गरे यात्रा

रासस

९, मंसिर २०८०
मनकामना केवलकारमा एक करोड ८० लाखभन्दा बढीले गरे यात्रा
images

चितवन । मनकामना दर्शन प्रालिले २५ वर्षमा एक करोड ८० लाख ९३ हजार दुई ५५ यात्रुले केवलकारबाट सेवा लिएको जनाएको छ । कम्पनी विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको हो । कुल तीन दशमलव ०२ किलोमिटर लम्बाइको केबलकारमा ३४ वटा यात्रुवाहक र तीनवटा कार्गो ३७ गोन्डुला छन् । केबलकारको एक घण्टामा अधिकतम छ सय ६० जनालाई सेवा दिनसक्ने क्षमता छ ।

images
images

कम्पनीले सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै ध्यान दिएको छ । यस क्षेत्र आसपासमा शिक्षा, स्वास्थ्य र विपन्न वर्गलाई सहयोग गर्दै आएको सञ्चालक राजेशबाबु श्रेष्ठको भनाइ छ । कम्पनीले टिकट आम्दानीको एक प्रतिशत गोरखाको सहिद लखन गाउँपालिका र एक प्रतिशत चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि सहयोग गरिरहेको छ । कम्पनी पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सरकारबाट सम्मानित भएको छ । हाल कम्पनीमा एक सय २० जनाले रोजगारी पाएका छन् ।

कम्पनीका अनुसार सुरुआती वर्षमा दुईदेखि तीन लाख यात्रुले सेवा लिने गरेको भए पनि हाल वार्षिक ११ लाखभन्दा बढीले केबलकारबाट सेवा लिइरहेका छन् । साथै यस वर्ष १२ लाख ५० हजारभन्दा बढी यात्रुले सेवा लिने अपेक्षा गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

यस परियोजनामा तत्कालीन समयमा रु ६५ करोड लगानी भएको थियो । नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बङ्गलादेश बैंकले लगानी गरेका थिए । “सुरुआती दिनमा अपेक्षाअनुरुप यात्रु नआए पनि त्यसपछिका वर्षमा भने यात्रुको सङ्ख्या बढ्यो”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “पाँच वर्षमा ऋण चुक्ता गर्ने भनिए पनि सात वर्षमा मात्रै पूरा भयो ।”

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - २१:३२:४४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology