Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

जितेका मेयर भ्रष्टाचारी, हारेका मेयर ‘बलात्कारी’ !

जितेका मेयर भ्रष्टाचारी, हारेका मेयर ‘बलात्कारी’ !

इच्छाकामना न्युज

९, मंसिर २०८०
जितेका मेयर भ्रष्टाचारी, हारेका मेयर ‘बलात्कारी’ !

काठमाडौँ ।स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर पदका निकटतम प्रतिद्धन्दी बलात्कार अभियोगमा हिरासत पुगेका छन् । 

images

कांग्रेसवाट मेयर पदमा उठेर नेकपा एकीकृत समाजवादीका उम्मेदवारसँग हारेका  शम्भुनाथ नगरपालिका– ५ मोहनपुरका दिपेन्द्रकुमार चौधरीलाई शुक्रवार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

उनलाई शुक्रबार गिरफ्तार गरेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताए । पीडितले संचालन गरेको  पसलमा पुगेर गत आइतबार आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । 

प्रहरीले आरोपितलाई हिरासतमा राखी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको अदालतले जनाएको छ । 

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शम्भुनाथ नगरपालिकाको नगर प्रमुखको उम्मेदवार थिए । उनलाई नेकपा एसका जितेन्द्र प्रसाद गुप्ता कलवारसँग एक हजार दुई सय ४९ मतले पराजित भएका थिए ।

शम्भुनाथ नगरपालिकाबाट निर्वाचित मेयर कलवारपनि भ्रष्टाचारी ठहर भएका छन् ।  उनलाई विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै ६ महिना कैद र ७० हजार रुपैयाँ जरिमानाको फैसला गरेको छ । मुद्धा दर्ता भएलगत्तै उनी निलम्बनमा छन् ।  

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - ०९:३९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology