Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

छुवाछुत कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई चार महिना कैद, ७५ हजार रुपैयाँ जरिबाना

छुवाछुत कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई चार महिना कैद, ७५ हजार रुपैयाँ जरिबाना

इच्छाकामना न्युज

८, मंसिर २०८०
छुवाछुत कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई चार महिना कैद, ७५ हजार रुपैयाँ जरिबाना

कास्की ।  पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र ७५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको छ ।

images

जातीय भेद्भाव तथा छुवाछुतसम्बन्धी कसुरमा अधिकारीलाई हिजाे अदालतले सजायकाे आदेश गरेको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई कैद र जरिबानाकाे आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेद्भावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो । याे दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि  दुई लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ । 

याे दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहे पनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । पोखरा– २४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराउनुभएको थियो । यसैगरी पीडित नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ । 

वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गाली गलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गएकाे वर्ष पुस २४ मा जाहेरी दर्ता गराउनुभएको थियो । नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा  एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुनुभएको थियो ।  

images
प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - ०८:३५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology