Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुरका मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ

भरतपुरका मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ

images

इच्छाकामना न्युज

६, मंसिर २०८०
भरतपुरका मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ
images

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् ।

उनीहरु दुवैलाई गएराति आ–आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । उनीहरुमाथि मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजेको आरोप छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - १०:०८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology