मायाटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित राष्ट्रिय आधारभुत विद्यालय मायाटारमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विश्व शौचालय दिवसको अवसरमा आईतबार विद्यालयमा अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

५ वटा समूह सहभागी प्रतियोगितामा अन्नपूर्ण सदन प्रथम भएको छ भने माछापुच्छ्रे सदन दोस्रो र धौलागिरी सदन तेस्रो भएको छ । कार्यक्रममा शौचालयको महत्व बारे जानकारी गराईएको थियो भने वडा नं. २ का ५ वटा टोलबाट सरसफाईमा उत्कृष्ट ५ वटा घर छनौट गरि उनीहरुलाई पुरस्कार स्वरुप सरसफाईको सामाग्री प्रदान गरिएको वाइन टु वाटर सोसियल मोविलाइजर बिरु गुरुङले जानकारी दिए ।

विद्यालयका प्रध्यानाध्यापक पदम चेपाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. २ का वडासदस्य एक बहादुर गुरुङ प्रमुख अतिथि रहनु भएको थियो भने वाइन टु वाटरका पिसि गेहेन्द्रराज ओली र द सेवा नेपालका पिसि सिरेन्द्रप्रकाश पोखरेल विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा विद्यालयका १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।