Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्वको तयारी सुरु

मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्वको तयारी सुरु

इच्छाकामना न्युज

३०, कार्तिक २०८०
मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्वको तयारी सुरु
images

काठमाडौं । मिथिलाञ्चल लगायत तराई मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्वको तयारी सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी सुरु भएको हो ।

images
images

छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरूलाई सजाउने कार्य जारी छ । बजारमा पनि पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो ।

आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले सिँगारिँदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरू गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरूलाई नवदुलही झैँ सजाइँदै छ ।

जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्ने गर्दछन् । जनकपुरधामका साथै तराई मधेसका गाउँ गाउँमा रहेका पोखरीहरूलाई समेत छठ पर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ ।

यस वर्ष शुक्रवारबाट छठ पर्व सुरु हुँदैछ । छठको पहिलो दिन शुक्रवार नहाय खाए, शनिवार खरना, आईतवार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइनेछ भने सोमवार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत् समापन हुन्छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०८० बिहिवार - १८:५५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology