आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट प्रहरीले अवैध लागुऔषध ब्राउन सुगर सहित १ युवालाई पक्राउ गरेको छ । शनिबार बिहान २ः३० बजेतिर बिरगंजबाट पोखरा आउदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसमा चेकजाँचको क्रममा अवैध लागुऔषध ब्राउन सुगर सहित उक्त युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ९ पर्सा बस्ने बर्ष १९ को राहुल पासवान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार निजको साथबाट २९ ग्राम ७१० मिलीग्राम अवैध लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
पक्राउ परेका पासवानलाई प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।