आँबुखैरेनी। भूतपूर्व विद्यार्थी समाज रामशाह मा.वि. आँबुखैरेनी -३, तनहुँको वार्षिक साधारणसभा तथा प्रथम अधिबेशन शुक्रबार सम्पन्न भएको छ । भूतपूर्व विद्यार्थी समाज रामशाह मा.वि.का निवर्तमान अध्यक्ष नस्तुराम कंडेलको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सो साधारण तथा प्रथम अधिबेशन सम्पन्न भएको हो ।
रामशाह माध्यामिक विधालयको सभाहलमा भएको भूतपूर्व विद्यार्थी समाज रामशाह माविको प्रथम अधिबेशनले आगामी ३ बर्षका लागि लक्ष्मण थापा क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा राजाराम के.सी, सचीवमा सचिव राजेश सुनाम, सह-सचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा सरिता के.सी., सदस्यहरुमा गौरी माया थापा मगर, दिपेन्द्र उप्रेती, लक्ष्मी श्रेष्ठ, बिशाल खनाल लगाएत रहनुभएको छ ।