कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले पनि प्लास्टिक माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै तिहार र छठ जस्ता पर्वमा प्लाष्टिक जन्य फुलमालामा प्रतिबन्ध लगाएको हो । लगाउँदै प्राकृतिक फूल माला प्रयोग गर्न आग्रह गरेका छन् ।
पालिकाले जारी गरेको सुचनामा तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकका फूलगुच्छा, माला तथा पटकाजन्य विष्फोटक पदार्थ उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको हो।
प्लास्टिकका मालाले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले यस पालिका भित्र सयपत्री, मखमली लगायतका फूल उत्पादन भएको परिप्रेक्ष्यमा प्राकृतिक फूल प्रयोग गर्नपनि अनुरोध गरेको छ।
अनुगमनका क्रममा यस पालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण तथा भण्डारण गरेको पाईएमा नियमानुसार कानून बमोजिम कारवाही गरिने पनि गाँउपालिकाको सुचनामा उल्लेख गरिएको छ ।
