धादिङ । धादिङको बेनिघाट रोराङ १ ब्रोम्दिङमा पर्यटन महोत्सव सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कटेलले महोत्सवको उद्घाटन गर्नुभएको हो ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कटेलले नेपाललाई प्रकृतिले नै पर्यटनको रुपमा निर्माण गरिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी धेरै देशहरुमा जादाँखेरी पर्यटन संरचनाहरु बनाएको देख्छौँ,रमाइलो गर्न घुम्ने ठाउँहरु हामीले देख्छौँ तर हाम्रो त्यो अवस्था त्यो होइन प्रकृतिले नै हाम्रा थुप्रै त्यस्ता पर्यटकको निम्ति त्यस्ता संरचनाहरु आफै बनेको छ, त्यसैले नेपाल पर्यटकीय हिसाबले पूर्ण छ ।”
ब्रोम्दिङ पनि पर्यटकीय हिसाबले निकै सुन्दर र पूर्ण रहेको बताउनुभयो । “यो ठाउँ पनि स्वर्ग जस्तै छ, हाम्रो अगाडी हिमाल छ यतापट्टी हेर¥यौँ भने भित्रि मधेश छ भने हामी महाभारतको रेञ्चमा छौँ –मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो ।”यहाँको विकासका लागि प्रदेश सरकार लागी परिरहेको बताउनुभयो ।