Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रिन्सिपल सर्रापको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण !, एक युवतीसहित तीनजना पक्राउ

प्रिन्सिपल सर्रापको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण !, एक युवतीसहित तीनजना पक्राउ

हत्याको विरोधमा मधेसका निजी विद्यालय बन्द

इच्छाकामना न्युज

१४, कार्तिक २०८०
प्रिन्सिपल सर्रापको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण !, एक युवतीसहित तीनजना पक्राउ
images

काठमाडौं । बाराको कलैयास्थित बालएकता माविका प्रिन्सिपल रूपेश सर्राफको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

images
images

प्रहरीले अनुसन्धान प्रभावित हुने भएको भन्दै पक्राउ परेकाहरुको परिचय भने खुलाएको छैन । प्रहरीका अनुसार उक्त घटनामा संलग्नको आरोपमा दुईजना पुरुष एकजना महिला पक्राउ परेका छन् ।

सर्राफसँग प्रेममा रहेकी एक युवतीले अर्का एक पुरुषसँगको मिलेमतोमा सर्राफको हत्या गराएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार अर्का एक पुरुषले ती महिलालाई सर्राफसँग सम्बन्ध तोड्न दबाब दिएका थिए ।

पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

हत्याको विरोधमा मधेसका निजी विद्यालय बन्द

सर्राफ हत्याको विरोधमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेशले मंगलबार विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गर्दै विद्यालय बन्द गर्ने जनाएका हुन् ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १०:१३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology