Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दशैंका लागि ३ दिन बन्द भएको मनकामना केबलकार आजदेखि नियमित संचालनमा

दशैंका लागि ३ दिन बन्द भएको मनकामना केबलकार आजदेखि नियमित संचालनमा

इच्छाकामना न्युज

९, कार्तिक २०८०
दशैंका लागि ३ दिन बन्द भएको मनकामना केबलकार आजदेखि नियमित संचालनमा
images

कुरिनटार। मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।  दशैँमा तीन दिन बन्द गरिएको केबलकार आज (बिहिवार)देखि नियमित सञ्चालनमा आएको हो ।  

images
images

दशैँमा नवमी,दशमी र एकादशीका दिन कात्तिक ६,७ र ८ गते बन्द गरिएको केबलकार सेवा आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो ।  

गोरखाको शहीदलखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माता माइको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरि वि.स.२०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०९:०४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology