Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

योङ ब्वाइजमाथि म्यानचेस्टर सिटीको सहज जित

योङ ब्वाइजमाथि म्यानचेस्टर सिटीको सहज जित

images

एजेन्सी

९, कार्तिक २०८०
योङ ब्वाइजमाथि म्यानचेस्टर सिटीको सहज जित
images

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटीले समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा समूह ‘जी’मा रहेको सिटीले योङ ब्वाइजलाई ३–१ गोल अन्तरले हराउँदै सहज जित निकालेको हो ।

सिटीको जितमा एर्लिङ हालान्डले दुई तथा म्यानुअल आकान्जीले एक गोल गरेका थिए । योङ ब्वाइजका मेससाक एलियाले एक गोल फर्काएका थिए ।

जारी लिगमा ३ खेलबाट ९ अंक जोडेको सिटी समूहको शीर्षस्थानमा छ । ६ अंक जोडेको आरबी लाइपजिग दोस्रो स्थानमा रहँदा एक–एक अंक भएका कार्भेना र योङ ब्वाइज क्रमशः तेस्रो र चौथा स्थानमा छन् ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०८:२०:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology