Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सर्लाहीको लालबन्दीमा सँस्कृत विद्यालयका लागि विद्यार्थी भर्ना सुरु 

सर्लाहीको लालबन्दीमा सँस्कृत विद्यालयका लागि विद्यार्थी भर्ना सुरु 

सर्लाहीको लालबन्दीमा सँस्कृत विद्यालयका लागि विद्यार्थी भर्ना सुरु 
images

सर्लाही, १५माघ । सर्लाहीको लालबन्दी नगरपालिकाले सँस्कृत भाषाको संरक्षण तथा प्रवद्र्धनका लागि सँस्कृत विद्यालय सञ्चालनको तयारी गरेको छ । लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दीर प्रांगणमा नवनिर्मित राधाकृष्ण धर्मशालामा संस्कृत गुरुकुल सञ्चालन गर्ने निर्णय गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।
सरोकारवालाहरुको छलफलबाट सँस्कृत भाषाको संरक्षण तथा प्रवद्र्धनका लागि सँस्कृत विद्यालय सञ्चालनको आवश्यकता रहेको निष्कार्ष निकालिएपछि लालबन्दी नगरपालिका ७ मा संस्कृत गुरुकुल सञ्चालन गर्ने निर्णय गरिएको लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपाने९कुमार०ले जानकारी दिनु भयो । 
श्रीमद् भागवत प्रचार प्रसार संघको आयोजनामा भएको भेलामा नेपाल महर्षि फाउण्डेसन फर वैदिक कल्चरका प्रतिनिधि ध्यान गुरु विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष पण्डित नारायण शरण काफ्लेको अध्यक्षतामा छलफल भएको थियो ।
भेलाले तत्कालै विद्यार्थी भर्ना सुरु गर्ने र फागुन १ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । गुरुकुलमा निःशुल्क रुपमा खाने बस्ने तथा पठनपाठनको व्यवस्था गरिएको र नयाँ शैक्षिक शत्रबाट कक्षागत रुपमा पढाउन शुरु गरिने प्रचार प्रसार संघका सचिव माधव खरेलले जानकारी दिनु भयो ।
पछिल्लो समयमा पश्चीमा सांस्कृतीका कारण आफ्नो मौलीकता, धर्म संस्कार संस्कृत हराउँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । धर्म परिवर्तनको नाममा विक्तिवि बढेको छ । जसका कारण पनि आफ्नो धर्म संस्कृती जोगाउन आफुहरुले संस्कृत गुरुकुल विद्यालयको सञ्चालनको तयारी गरेको राधाकृष्ण धर्मशाला संरक्षण समितिका सदस्य महेन्द्र महतोले बताउनु भयो ।  गुरुकुल विद्यालय सञ्चालनका लागि बासुदेव अधिकारीको अध्यक्षतामा ९ सदस्यीय समिति समेत गठन गरिएको महतोले बताउनु भयो ।

images
images

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - २०:५१:२८ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology