Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज शपथ लिने

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज शपथ लिने

इच्छाकामना न्युज

२८, आश्विन २०८०
कोशीका मुख्यमन्त्री  केदार कार्कीले आज शपथ लिने
images

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आज शपथ गराउन लागेका हुन् ।

images
images

कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका आठ र नेकपा एमालेका ३९ सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको थियो । गठबन्धन दलको बुधबारको बैठकले कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - ०८:४१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology