Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आँबुखैरेनी गाउँपालिकाले स्थानीय आमा समूहसँगको सहकार्यमा लगाईएको सयपत्री फुल्न थाल्यो

आँबुखैरेनी गाउँपालिकाले स्थानीय आमा समूहसँगको सहकार्यमा लगाईएको सयपत्री फुल्न थाल्यो

images

इच्छाकामना न्युज

२७, आश्विन २०८०
आँबुखैरेनी गाउँपालिकाले स्थानीय आमा समूहसँगको सहकार्यमा लगाईएको सयपत्री फुल्न थाल्यो
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय आमा समूहसँगको सहकार्यमा पहिलो पटक लगाईएको सयपत्री फूल फुल्न थालेको छ । गत साउन २० गते लगाइएको सयपत्रीको बिरुवा अहिले फुल्न थालेको हो । गाउँपालिकाले वडा नं. १ स्थित याञ्चोक आमा समुह, आँधीमूल आमा समुह र मित्रता मावि परिसरमा गरी छब्बीस रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा सयपत्री फूल खेती गरिएको थियो । 

रोपेको करिब २ महिना पछि अहिले उत्पादन दिन सुरु गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । गाउँपालिकाले ‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अघि बढाएको  हो । 

‘तीन स्थानमा गरी छब्बीस हजार बिरुवाले उत्पादन दिन सुरु गरेको छ’ –उनले भने ‘अर्डर आएको अवस्थामा एक घण्टाको अवधिमा ५० वटा माला तयार गर्न सकिने गरी तयारी अवस्थामा छौ ।’

गाउँपालिका मातहत र संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा खादाको भन्दा फूलको माला प्रयोग गर्न समन्वय भैरहेको उनले बताए । मालाको गुणस्तर हेरी होलसेल प्रतिमाला ४० देखि ६० मा बिक्री गर्ने योजना बनाइएको छ । बजारका फूल व्यवसायीसंग पनि बिक्रीका लागि सम्पर्क गर्ने कार्यलाई उत्तिकै तीब्रता दिइएको छ । 

भारत र चितवनबाट आयात हुने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।   

दुई वटा आमा समूहलाई पहिलो बर्षमा ९ण् हजार पूर्ण रुपमा अनुदान प्रदान गरे पनि आगामी दोस्रो बर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ । आमा समुहले पहिलो बर्षमा फूलखेतीबाट गरेको आम्दानीबाट बर्षेनी सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ ।  
उक्त मित्रता माविको हकमा भने पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत एकमुष्ट ३ लाख प्रदान गरेर आयआर्जनबाट पठनपाठनमा सहयोग गर्ने लक्ष्य राखेको छ । सोही वडा स्थित धार्मिक पर्यटकीयस्थल आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पु¥याउने अपेक्षा गरिएको   छ । 

यहाँ सुरु गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्था अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन् ।  

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित सय प्रतिशत अनुदानमा बिरुवा वितरण देखि प्राविधिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 

सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएकाले त्यसलाई प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने मुख्य लक्ष्य लिएका छौ,उनले भने । 

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - ११:२२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology