Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मनकामना मन्दिरलाई विश्व सम्पदास्थल बनाउन पर्यटनमन्त्रीलाई स्थानीयको आग्रह

मनकामना मन्दिरलाई विश्व सम्पदास्थल बनाउन पर्यटनमन्त्रीलाई स्थानीयको आग्रह

images

इच्छाकामना न्युज

२५, आश्विन २०८०
मनकामना मन्दिरलाई विश्व सम्पदास्थल बनाउन पर्यटनमन्त्रीलाई स्थानीयको आग्रह
images

गोरखा । प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिएको गोरखाको मनकामना मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा विकास गर्न स्थानीयवासीले आग्रह गरेका छन् । 

मनकामना मन्दिरको सरसफाइ कार्यक्रममा सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग स्थानीयवासीले मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्न माग गरेका हुन् ।

मनकामना मन्दिरको समग्र विकास, व्यवस्थापन र संरक्षणलगायतका विषयमा मन्त्री किरातीसँग स्थानीयवासीले चासो व्यक्त गरेका थिए । 

सो अवसरमा मन्त्री किरातीले मन्दिरको संरक्षण, रेखदेख र व्यवस्थापन स्थानीय सरकारले नै गर्ने गरी अगाडि बढ्नुपर्ने बताए । उनले मन्दिरसँगै यस क्षेत्रको विकासका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - ०७:२६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology