Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चाडपर्व नजिकिएसँगै आँबुखैरेनी गाउँपालिकाद्वारा बजार अनुगमन

चाडपर्व नजिकिएसँगै आँबुखैरेनी गाउँपालिकाद्वारा बजार अनुगमन

images

इच्छाकामना न्युज

२४, आश्विन २०८०
चाडपर्व नजिकिएसँगै आँबुखैरेनी गाउँपालिकाद्वारा बजार अनुगमन
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाले चाड्पर्व नजिकिदै जाँदा विभिन्‍न उद्योग, व्यवसाय, औषधी पसलहरुको अनुगमन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रशान्त पोखरेल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, आँबुखैरेनी अस्पतालका डा. डिबि क्षेत्री, ईलाका प्रहरी कार्यालयका प्रमुख शिव थापा, वडाध्यक्षहरु दिनेश के.सी., आस बहादुर गुरुङ, उद्योग वाणिज्य संघ आँबुखैरेनीका प्रतिनिधि लगायत अनुगमन समितिका सदस्य टोलीको उपस्थितिमा वडा नं ३ र २ अन्तर्गत विभिन्‍न उद्योग, व्यवसाय, औषधी पसल, लगायत विभिन्न व्यवसायहरुको अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा वडा नं ३ स्थित अखाद्य मिठाई पसलमा बासी मिठाई, बढी रङ्ग राखीएको पाइएकोले जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको छ भने सरसफाईमा ध्यान नदिई शौचालय नजिकै मिठाई पसल राखी विक्रीको लागि राखिएको मिठाई पसल बन्द गरिएको छ । 

यसैगरी, नेपाल सरकारले बन्देज लगाइएको क्याफिनयुक्त निलो रेडबुल जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको छ । 

यस्तै, वडा नं २ स्थित पानी फ्याक्ट्रीमा उत्पादन गरी विक्रि वितरणको लागि लैजान राखीएको लेउ लागिएको मिनरल वाटर जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - ०८:४५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology