Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामनामा पालिकाका जनप्रतिनिधि र सरोकारवालासँग सामी परियोजनाको अन्तरक्रिया

इच्छाकामनामा पालिकाका जनप्रतिनिधि र सरोकारवालासँग सामी परियोजनाको अन्तरक्रिया

images

इच्छाकामना न्युज

२३, आश्विन २०८०
इच्छाकामनामा पालिकाका जनप्रतिनिधि र सरोकारवालासँग सामी परियोजनाको अन्तरक्रिया
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बारे सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनप्रतिनिधि तथा सरोकारवालहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा इच्छाकामना ३ चुम्लिङ्गटारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी पत्रकार लगायत सरोकारवालहरुको उपस्थिति रहेका थिए । 

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सकभर स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीमा  जान परे ज्ञान सीप  लिएर जान आग्रह गर्नुभयो । 

गाउँपालिकाले मागमा आधारित विभिन्न सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । विदेशबाट फर्केकाहरुलाई  अनुदान र सीप प्रदान गर्दै आएको पनि उहाँले  बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार बैदेशिक रोजगारीका लागि गाउँपालिकाबाटै श्रमस्वीकृत दिने व्यवस्था रहेको छ । 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल, सुरक्षित आप्रवासन परियोजना (सामी) बागमतीका  कार्यक्रम अधिकृत उमा पौडेल, हेल्पटास नेपालका प्रशासन शाखा प्रमुख  भक्त राई , सुरक्षित आप्रवासन परियोजना (सामी) चितवनका संयोजक सुर्यप्रसाद पौडेलले  कार्यक्रमबारे प्रकाश पार्नुका साथै  इच्छाकामनामा सहित जिल्लामा कार्यक्रमले पारेको सकरात्मक प्रभावबारे जानकारी गराउनुभएको थियो । 

चितवनको इच्छाकामना सहित भरतपुर महानगरपालिका, माडी नगरपालिका र रत्ननगर नगरपालिकामा यस परियोजना सञ्चालनमा रहेको संयोजक पौडेलले बताउनुभयो ।

संयोजक पौडेलका अनुसार परियोजनाले भरपर्दो र सुरक्षित बैदेशिक रोजगारमा जानका  लागि वैदेशिक रोजगारमा जान चाहने व्यक्ति र  उनिहरुका परिवारका लागि सुचना,मनोसामाजिक परामर्श,वित्तिय साक्षरता,सीप प्रदान जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

images
प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - ०८:५२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology