Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

घटस्थापनाको दिनदेखि इच्छाकामनाको याकराङ गाउँमा स्व. सानु सुमन स्मृति कप फुटबल प्रतियोगिता हुने

घटस्थापनाको दिनदेखि इच्छाकामनाको याकराङ गाउँमा स्व. सानु सुमन स्मृति कप फुटबल प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

२१, आश्विन २०८०
घटस्थापनाको दिनदेखि इच्छाकामनाको याकराङ गाउँमा स्व. सानु सुमन स्मृति कप फुटबल प्रतियोगिता हुने
images

जलबिरे । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित याकराङ गाउँमा फुटबल प्रतियोगिता हुने भएको छ । सिद्धिबिनायक युवा क्लव याकराङको आयोजनामा सेभेन ए साईड स्व. सानु सुमन स्मृति कप फुटबल प्रतियोगिता हुन लागेको हो ।

क्लवका सदस्य एवं पूर्व खेलाडी स्वर्गीय सुर्य गुरुङ ‘सानु’ र लोकदोहोरी गायक सुमन आले मगरको स्मृतिमा क्लवले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

घटस्थापनाको दिनदेखि सुरु हुने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार, प्रमाणपत्र, कप, र मेडल पाउनेछ भने उपविजेता टिमले नगद २० हजार, मेडल र प्रमाणपत्र पाउनेछ । साथै खेलमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागीता जनाउन चाहने टिमले असोज २६ गतेसम्म टिम दर्ता गराईसक्नेपर्ने पनि क्लवले जानकारी दिएको छ ।

प्रतियोगिता याकराङ फुटबल मैदानमा हुनेछ ।

385328223_6845048862208467_167596471967604359_n.jpg

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - ११:३५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology