जलबिरे । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ का विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । वडा कार्यालयको समन्वय र लिटिल फ्लावर परिवारको सहयोगमा शनिबार १ सय २० घर विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।
नेपालीहरुले सबैभन्दा ठुलो चाडको रुपमा मनाउने दशैलाई लक्षित गर्दै वडामा खाद्यान्न वितरण गरिएको इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले बताए । उनका अनुसार प्रति परिवार ३० केजीको १ बोरा चामल र २ केजी दाल वितरण गरिएको हो ।