Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामन बजारमा शहिद लखन गाउँपालिकाद्वारा अनुगमन, भेटियो म्याद गुज्रेको सामाग्री र बालमजदुर

मनकामन बजारमा शहिद लखन गाउँपालिकाद्वारा अनुगमन, भेटियो म्याद गुज्रेको सामाग्री र बालमजदुर

इच्छाकामना न्युज

२१, आश्विन २०८०
मनकामन बजारमा शहिद लखन गाउँपालिकाद्वारा अनुगमन, भेटियो म्याद गुज्रेको सामाग्री र बालमजदुर
images

मनकामना ।  गोरखाको  शहिदलखन गाउँपालिकाले बजार अनुगमनलाई तीब्र  पारेको छ । नागरिकहरुको स्वास्थ्य सुरक्षालाइ ध्यान दिदै पालिकाभित्र रहेका बजारमा रहेका होटल  तथा  पसलहरुको अनुगमन गरिएको पालिकाले जनाएको छ । 
सोही अन्तरगत आज वाड नम्बर  २ र ३ को मनकामना  बजारमा अनुमगन  गरिएको छ ।

images
images

अनुगमनका क्रममा अधिकांश होटलहरुमा मूल्य सूचि नराखेको, केही ब्यवसायहरु वडामा दर्ता नभएको भेटिएको गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बताउनुभयो । साथै केही होटलहरुमा बाल मजदुर प्रयोग गरिएको पनि भेटिएको उपाध्यक्ष तिवारीले  बताउनुभयो ।  

manaka-anu-gaman-696x392.jpg

साथै अनुगमनका क्रममा म्याद गुज्रिएको पेय पदार्थ कोक, फ्रुटी, डिउ, फ्यान्टा, बडवाइजर बियर लगायत मदिराहरु भेटिएको उहाँले बताउनुभयो ।  

गाउँपालिकाले म्याद गुज्रिएको खाद्य सामाग्री विक्री वितरण नगर्न, होटलहरुमा कामदारको रुपमा बालबालिका नराख्न र मूल्य  सूचि राख्न निर्देशन दिएको र  अटेर गरे  कारबाही गर्ने चेतावनी दिएको छ । स्थानीय तहमा व्यावसाय दर्ता गरेर मात्र कारोवार गर्न समेत पालिकाले सचेत गराएको  छ ।  

अनुगमनमा जनप्रतिनिधि,पालिका कर्मचारी,सञ्चारकर्मी र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । पालिकाले हिजो पनि वडा नम्बर ७ र ८ का पसलहरुमा  अनुगमन गरिएको प्रशासन शाखा प्रमुख पूर्ण बहादुर गहतराजले बताउनुभयो।

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - ०८:०९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology