Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वकप क्रिकेटमा पाकिस्तान र नेदरल्याण्डस भिड्दै

विश्वकप क्रिकेटमा पाकिस्तान र नेदरल्याण्डस भिड्दै

एजेन्सी

१९, आश्विन २०८०
विश्वकप क्रिकेटमा पाकिस्तान र नेदरल्याण्डस भिड्दै
images

एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै छन् ।  खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो सवा २ बजे सुरु हुनेछ । 

images
images

सन् १९९६ र २००३ को एकदिवसीय विश्वकपमा पाकिस्तान र नेदरल्यान्ड्सबीच दुई खेल भएका थिए जसमा पाकिस्तानले दुवै जित हात पारेको थियो । यी दुईबीच कुल ६ एकदिवसीय खेलिएको छ जसमा सबै खेल पाकिस्तानले जितेको छ । दुवै टोली पछिल्लो पटक गत वर्ष अगस्टमा आमनेसामने भएका थिए ।उक्त खेलमा पाकिस्तान ९ रनले विजयी भयो ।

पाकिस्तानले पछिल्ला ५ एकदिवसीयमध्ये २ जित्यो, २ हार्यो र एउटा नतिजा निकाल्न सकेन। पाकिस्तानले यो वर्ष खेलेका १६ मध्ये १० एकदिवसीय जितेको छ । एक खेल भने नतिजाविहीन भएको छ । टोलीले पाँच खेलमा हार बेहोरेको थियो ।

कप्तान बाबर आजम सन् २०२३ मा एकदिवसीय क्रिकेटमा पाकिस्तानका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् भने बलिङमा हरिस रउफले सर्वाधिक विकेट लिएका छन् ।

नेदरल्याण्ड्सले पछिल्लो ५ एकदिवसीय मध्ये २ मात्र जितेको छ । २ खेलमा हार र १ खेल बराबरी भएको थियो । यस वर्ष खेलेका १३ एकदिवसीयमध्ये ५ जित्यो, सात खेलमा हार बेहोरेको थियो र एक खेल बराबरी भयो। यो वर्ष नेदरल्याण्ड्सका लागि विक्रमजीत सिंहले सर्वाधिक रन बनाएका छन् । बलिङमा सरिज अहमद सर्वाधिक सफल रहे ।

हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालाको पिच ब्याटिङ फ्रेन्डली छ । यहाँको आउटफिल्ड पनि धेरै छिटो छ र यो ब्याट्सम्यानका लागि उपयोगी साबित हुन्छ। यहाँ, टस जितेर पहिले ब्याटिङ गर्नु फाइदाजनक साबित हुन सक्छ।

पाकिस्तानको सम्भावित प्लेइङ ११

बाबर आजम (कप्तान), फखर जमान, इमाम उल हक, मोहम्मद रिजवान, अब्दुल्ला शफिक, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नवाज/उसामा मीर, शाहीन शाह अफ्रिदी, हरिस रउफ र हसन अली।

नेदरल्यान्ड्सको सम्भावित प्लेइङ ११

स्कट एडवर्ड्स (कप्तान), विक्रमजीत सिंह, म्याक्स ओडाउड, वेडले बारेसी, बास डे लीडे, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, रोइलोफ भ्यान डेर मर्वे, लोगान भान बेक, पल भान मिकरेन, आर्यन दत्त।

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - ०७:५९:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology