Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाकी मृगौला पिडित मित्र कुमारी गुरुङ्गलाई विदेशबाट आएको आर्थिक सहयोग हस्तान्तरण

इच्छाकामनाकी मृगौला पिडित मित्र कुमारी गुरुङ्गलाई विदेशबाट आएको आर्थिक सहयोग हस्तान्तरण

images

इच्छाकामना न्युज

१८, आश्विन २०८०
इच्छाकामनाकी मृगौला पिडित मित्र कुमारी गुरुङ्गलाई विदेशबाट आएको आर्थिक सहयोग हस्तान्तरण
images

चितवन । चितवनको ईच्छाकामना ३ की मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग गरिएको छ । मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी ईच्छाकामना ३ की मित्र कुमारी गुरुङ्ग लाई सहयोग हस्तान्तरण गरिएको हो । ईच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ्गको पहलमा प्रबासी मुलुक अमेरीकाबाट सहयोग रकम प्राप्त भएको हो ।

पिडितको सहयोगका लागी ६२ हजार पाँच सय १६ रुपैँया सहयोग रकम मकाउ जनसम्पर्क समितिका सस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य (हाल) अमेरिकाबाट अम्बिर जोशीले संकलन गरेको बताउनुभयो । जसमा राप्ती समाज अमेरिकाले १२० डलर,कृष्णजिबी पन्त १०५ डलर, अम्बिर जोशी १०१ डलर, माधब जोशी १०१ डलर र श्यामकाजी गुरुङ्गले ५० डलर सहयोग प्रदान गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - ०७:५२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology