Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

images

इच्छाकामना न्युज

१६, आश्विन २०८०
एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित
images

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।

सुर्खेतमा सम्पन्न एमाले कर्णाली प्रदेश अधिवेशनमा मीनबहादुर शाहीलाई पराजित गर्दै शाह अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ३६९ मत पाए भने शाहीले २०७ मत पाए।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह सल्यानका बासिन्दा हुन्। नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि मतदान भएको थियो।
यस्तै,

उपाध्यक्षमा टेकराज पछाई निर्वाचित भएका छन्। उनले २६२ मत पाए भने प्रतिस्पर्धी लालबहादुर महताराले १७६ मत प्राप्त गरे।

प्रदेश कमिटी सचिवमा ध्रुवकुमार शाही निर्वाचित भएका छन्। शाहीले ४०६ मत पाए भने प्रतिस्पर्धी रुद्रबहादुर शाहीले १६९ मत पाए।

उपसचिवमा रवीन्द्रराज शर्मा निर्वाचित भएका छन्। शर्माले ३०० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी रमेश शाहीले २६६ मत प्राप्त गरे।

महिला उपसचिवमा पद्मा खड्का निर्वाचित भएकी छन्। उनले १५२ मत प्राप्त गरिने भने प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गरिन्।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - ०८:२१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology