काठमाण्डौ । नेकपा एमालेको बागमती प्रदेश कमिटि सदस्यमा चितवन इच्छाकामना गाउँपालिका निवासी कृष्णप्रसाद सिलवाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न एमाले बागमतीको अधिवेशनबाट सिलवाल ३० जना प्रतिष्प्रधीलाई पछि पार्दै पाँचौं नम्बरमा खुल्लाबाट निर्वाचित भएका हुन् ।
सदस्यमा नवनिर्वाचित सिलवाल चितवन क्षेत्र नं. २ प्रदेश सभा क बाट बागमती प्रदेशसभाको सांसद हुन् । उनीसँगै चितवनबाट १५ जना एमालेको बागमती प्रदेश कमिटि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा चितवनबाटै दावा दोर्जे लामा निर्वाचित भएका छन् ।