Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री कार्यालयमा टाँसिएको ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब

प्रधानमन्त्री कार्यालयमा टाँसिएको ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब

पत्रपत्रिका

१२, आश्विन २०८०
प्रधानमन्त्री कार्यालयमा टाँसिएको ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब
images

काठमाडौँ । साढे दुई वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका कर्मचारीलाई भ्रष्टाचार विरोधी बनाउन भन्दै एउटा विशेष अभियान ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले सो अभियान ल्याउनुभएको थियो ।

images
images

अभियानअन्तर्गत प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नुअघि हरेक कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाउनुपर्ने थियो । त्यसका लागि प्रधानमन्त्री कार्यालयले मुख्य प्रवेशद्वारामा नै एउटा बोर्डमा केही सन्देश लेखेर टाँस्यो । हरेक कर्मचारीले त्यो बोर्डमा टाँसेको कुरालाई पढेर मनन गर्दै भित्र पस्नुपर्ने नियम लगाइयो । बोर्डमा लेखिएको थियो – ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार गर्न दिन्नँ र म कहिल्यै पनि भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

केही समय प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए पनि मुलुकमा भ्रष्टाचारको पारोमा भने कमी आएन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीहरू रंगेतहात पक्राउ गर्ने क्रममा पनि कमी नआएको प्रधानमन्त्री कार्यालयकै कर्मचारीहरूको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयका त्यतिखेरका एक सहसचिवले शुरूका केही समय सो अभियान प्रभावकारी भए पनि पछि तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले अभियान सफल बनाउने कार्यमा खासै ध्यान नदिएपछि अभियान असफल भएको बताए । लोकदर्शन रेग्मीपछि आएका मुख्य सचिव शंकरदास वैरागीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिन नसकेको प्रधानमन्त्री कार्यालयकै अर्का एक अधिकृतले बताए । उनले नेपाल समाचारपत्रसँग भने– ‘अन्य निकायका कर्मचारीलाई पनि भ्रष्टाचार नगर्ने सन्देश दिने उद्देश्यका साथ सो अभियान ल्याइएको थियो तर मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिवहरूले अभियानमा ध्यान नदिँदा असफल हुन पुग्यो ।’

उनका अनुसार प्रधानमन्त्री कार्यालयको मूल ढोकामा केही समय टाँसिएको भ्रष्टाचार गर्न नहुने व्यहोराको सो सन्देश सहितको बोर्ड पछि प्रधानमन्त्री कार्यालय पुरानै ठाउँमा सरेपछि गायव पारिएको थियो । प्रधानमन्त्री कार्यालय भूकम्पले क्षतिग्रस्त भएपछि गृह मन्त्रालयको लागि बनाइएको नयाँ भवनमा केही समय बसेको थियो । पछि प्रधानमन्त्री कार्यालय मर्मत भएपछि पुरानै ठाउँमा सारिएको हो । आफ्नै पुरानो भवनमा सर्ने क्रममा भ्रष्टाचार नगर्ने व्यहोरा लेखिएका बोर्डहरू गायब भएपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले कार्यालय प्रवेश गर्नुअघि कुनै प्रतिवद्धता व्यक्त गर्नुपरेन ।

शंकरदास वैरागीपछि आउनुभएका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले पनि सो अभियानका बारेमा खासै सोधखोज गर्नु भएको छैन । यद्यपि, कार्यालय प्रवेश गर्नुअघि भ्रष्टाचार गर्दिन भनेर प्रतिवद्धता जनाउँदैमा भ्रष्टाचारमा कमी नआउने पूर्व सचिव श्यामप्रसाद मैनाली बताउनुहुन्छ । भ्रष्टाचार रोक्न पूरै प्रणालीमा नै सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले सामान्य प्रतिवद्धताबाट भ्रष्टाचार रोकिन नसकिने टिप्पणी गर्नुभयो । –नेपाल समाचारपत्र दैनिकबाट

images
प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ०९:४३:५२ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology