काठमाण्डौं, १५ माघ
यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ।
उक्त आगलागी परि २९ जना घाइते भएका छन्।
पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोक्किँदा बसमा आगलागी भएको समाचार संस्था अलजजिराले जनाएको छ ।
क्यामरुनको मध्यपश्चिम क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको हो । आगलागीमा ज्यान गुमाउने धेरैको शव जलेकाले पहिचान गर्न मुश्किल भएको स्थानीय गभर्नर अउवा फङ्का अगस्टाइनले बताउनु भएको छ ।
७० सिट क्षमताको बसमा आगलागी भएको उहाँले जानकारी दिनु भएको छ । सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखिएको खबरमा उल्लेख छ।