Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चीनले बीआरआई अन्तर्गतका परियोजना समेट्न खोज्दा जुटेन सहमति

चीनले बीआरआई अन्तर्गतका परियोजना समेट्न खोज्दा जुटेन सहमति

images

एजेन्सी

९, आश्विन २०८०
चीनले बीआरआई अन्तर्गतका परियोजना समेट्न खोज्दा जुटेन सहमति
images

काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको दुई पक्षीय वार्ताको संयुक्त वक्तव्य जारी हुन सकेको छैन ।

सोमबार बेइजिङमा भएको वार्तामा एक दर्जन बढी विषयमा सहमति भएको भनिए पनि ती विषय समेटेर संयुक्त वक्तव्य आउन नसकेको हो । बेइजिङस्थित नेपाली दूतावासले कृषि, विद्युत, पूर्वाधार, सीमा व्यवस्थापन तथा सीमा क्षेत्रको विकासलगायतका १३ बूँदे सहमति भएको जनाए पनि चीनले अहिलेसम्म कुनै प्रक्रिया दिएको छैन ।

चीनले अघि सारेका बीआरआई लगायत केही विषयमा नेपालले सहमति नजनाउँदा संयुक्त वक्तव्य आउन नसकेको बुझिएको छ । चीनले बीआरआई र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई), ग्लोबल डेभलप्मेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल कल्चरल इनिसिएटिभ (जीसीआई) लाई संयुक्त वक्तव्यमा समावेश गर्न जोड गरिरहेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले ती कुनै पनि कार्यक्रममा नेपाल तत्कालै सहभागी हुन नसक्ने अडान लिएका कारण संयुक्त वक्तव्य आउन नसकको बुझिएको छ । नेपालले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ्समा मात्रै सहमति जनाउन सकिने अडान लिएको छ । तर, चीनले पोखरा विमानस्थल र लुम्बिनी विमानस्थल लगायत केही परियोजना र उर्जा व्यापारलाई बीआरआई अन्तर्गत राख्नुपर्ने अडान लिएको बुझिएको छ ।

नेपाल त्यसमा पनि सहमत नहुँदा चीनले संयुक्त वक्तव्यप्रति चासो नदिएको हो ।

images
प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - ०८:१५:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology