Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

क्यानको निर्वाचन आज सर्वसम्मतको सम्भावना कमजोर !

क्यानको निर्वाचन आज सर्वसम्मतको सम्भावना कमजोर !

images

इच्छाकामना न्युज

६, आश्विन २०८०
क्यानको निर्वाचन आज सर्वसम्मतको सम्भावना कमजोर !
images

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचन आज हुँदै छ । काठमाडौंमा जारी केन्द्री अधिवेशनमा नयाँ नेतृत्व चयन हुन लागेको हो । वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले कार्यकाल दोहो¥याउने तयारी गरेका छन् । तर, उनलाई सर्वसम्मत हुन नदिने तयारी पनि भएको बुझिएको छ । 

वर्दियाका प्रतिनिधि विनय भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि चन्दलाई पनि चुनावै लड्नु पर्ने अवस्था देखिएको छ । तर, सबै पदमा सर्वसम्मतको प्रयास भने जारी रहेको बुझिएको छ । यसैगरी उपाध्यक्षमा रोशन सिंहको चर्चा छ भने सचिवमा प्रसान्त मल्ल र पारस खड्काको विचमा चुनावी प्रतिस्पर्धा हुन सक्छ ।

मल्ल यसअघिको कार्यसमितिमा केन्द्रीय सदस्य रहका थिए भने नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस बागमति प्रदेश अध्यक्ष हुँदै केन्द्रीय सचिवको प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । 

१७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक १३ जना सदस्यका लागि भने चुनावै हुने सम्भावना रहेको छ । १३ पदका लागि २० भन्दा बढी केन्द्रीय सदस्यका आंकक्षी रहेका छन् । यस्तै,  वरिष्ठ उपाध्यक्ष र सहसचिव पद थप गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर यो भने रोकिने भएको छ । साधारणसभाले अनुमोदन गर्ने गरी राखेपले विधान स्वीकृत गर्दा वरिष्ठ उपाध्यक्ष र सहसचिव पद थप गर्न अनुमति दिएको थियो ।

तर, यस विषयमा आईसीसीमा कुनै जानकारी नगराएकाले भविष्यमा जोखिम निम्तन संक्ने आँकलन गर्दै अहिलेलाई २ पद थप नगर्ने र पछि आइसीसीलाई जानकारी गराएर मात्रै विशेष साधारणसभाबाट अघि बढाउने तयारी गरिएको छ । वरिष्ठ उपाध्यक्ष पद थप्दा दिवाकर घले त्यो पदमा पुग्ने छन् । तर अहिले उनी केन्द्रीय सदस्य बन्ने गरी टिम मिलाइएको बुझिएको छ । क्यानको निर्वाचन कार्यतालिका अनुसार आज विहान सवा ८ बजेसम्म मतदाता नामावलीमाथि उजुरी र छानविनको काम हुने छ भने अन्तिम नामावली साढे ८ बजे प्रकाशित हुने छ । त्यसैगरी मनोयन दर्ताको समय विहान ८: ४० सम्मलाई तोकिएको छ ।

उम्मेदवारको पहिलो नामावली विहान ११ः२० मा प्रकाशित हुने छ भने दावी विरोध र नाम फिर्ताको समय विहान ११ः५५ बजेसम्मको समय दिइएको छ । त्यसपछि अन्तिम नामावली प्रकाशन, मतदान, मतगणना, मतपरिणाम घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको समय भने निर्वाचन समितिले तोकेको छैन । 

images
प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - ०८:५३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology