काठमाण्डौ, १४ माघ । मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । आजको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५ – ० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गर्नुभयो । यस्तै अनु राई र सरिता शेर्पाले एक एक गोल गर्नुभयो । जितसंगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ ।
यस अघि विराटनगरले पहिलो खेलमा वालिङसँग १ – १ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७ – ० ले पराजित भएको थियो । चन्द्रपुरको यो दोस्रो हार हो । चन्द्रपुरले ३ खेलमा ३ अंक जोडेको छ ।