Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोशीमा सरकार जोगाउन एमालेको कसरत, पाउला त एकीकृत समाजवादीको साथ ?

कोशीमा सरकार जोगाउन एमालेको कसरत, पाउला त एकीकृत समाजवादीको साथ ?

इच्छाकामना न्युज

२, आश्विन २०८०
कोशीमा सरकार जोगाउन एमालेको कसरत, पाउला त एकीकृत समाजवादीको साथ ?
images

काठमाडौँ । कोशी प्रदेशमा विश्वासको मत जुटाउन नेकपा एमालेले एकीकृत समाजवादीलाई फकाउने प्रयास थालेको छ । पूर्वमुख्यमन्त्री शेरधन राईले राजेन्द्र राईलाई धरानमा भेटेर आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेका हुन् ।

images
images

उनीहरू दुवै नेताको घर भोजपुर हो । आइतबार राति धरानमा भएको भेटवार्तामा कोशी प्रदेश सरकार जोगाउने विषयमा छलफल भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधनले एकीकृत समाजवादीका सचिव राजेन्द्रलाई अहिले एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

अहिले हिकमत कार्की ठूलो दलको हिसाबमा मुख्यमन्त्री नियुक्त भएका छन् । तर उनीसँग बहुमत छैन । बहुमत जुटाउन सत्ता गठबन्धन भत्काउनुपर्ने बाध्यता एमालेलाई छ । यदि गठबन्धन भत्काएर विश्वासको मत पाउन नसके कोशीमा मुख्यमन्त्री पदमुक्त हुनेछन् ।

धारा ५ मा सरकार बनाउन सत्ता गठबन्धनले मौका पाउँछ । शेरधनले राजेन्द्रलाई अहिले हिक्मत कार्कीलाई विश्वासको मत दिन र पछि मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन् । भदौ २२ गते बनेको कार्की नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाए ढल्नेछ । त्यसपछि धारा ५ अनुसार सरकार बन्ननसके कोशीमा मध्यावधि निर्वाचन हुनेछ ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०९:०४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology