कुरिनटार । दोश्रो इच्छाकामना महोत्सवमा भोली भदौँ २९ गते शुक्रबार चर्चित लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुती रहने भएको छ । महोत्सवको तेश्रो दिन ज्योति मगरसहित कृष्ण गुरुङ, गोविन्दबाबु रिजाल, काजिमान थापा, बेलि डान्सर बन्दना विश्वकर्मा, डान्सर गुड्डी तामाङ,अनिसा र बिना गुरुङको प्रश्तुती रहने आयोजकले जनाएको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कार्यालय र इच्छाकामना उद्योग वाणिज्य मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा जारी महोत्सवमा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहदैँ आएको छ । भदौ २७ गतेबाट सुरु भएको महोत्सव असोज ७ गते सम्म चल्ने छ ।