आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट गाँजा सहित २ जना युवा पक्राउ परेका छन् ।
पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग. २ ख. ७५७ नं. को बसमा सवार २ युवालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी मातहतको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपको प्रहरी टोलीले यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा १ किलो ९ सय ग्राम गाँजा सहित मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ९ कास्की बस्ने वर्ष २६ को संजय के.सी. र सोही ठाउँका वर्ष २३ को ईश्वर नेपाली रहेका छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत तनहुँबाट ७ दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।