Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

छिम्केश्वरी मावि भागेमा ५ दिने योग विज्ञान शिविर आजबाट सुरु

छिम्केश्वरी मावि भागेमा ५ दिने योग विज्ञान शिविर आजबाट सुरु

images

इच्छाकामना न्युज

२३, भाद्र २०८०
छिम्केश्वरी मावि भागेमा ५ दिने योग विज्ञान शिविर आजबाट सुरु
images

आँबुखैरेनी । आँबुखैरेनी योग तथा खुसी समाजको आयोजना तथा आँबुखैरेनी गाउँपालिका वडा नं ४ को सहयोगमा छिम्केश्वरी मा. वि. भागेमा ५ दिने योग विज्ञान शिविर आजबाट सुरु भएको छ । समाजका अध्यक्ष एबं कार्यक्रमका प्रमुख प्रशिक्षक पम्फादेवी श्रेष्ठको सभाध्यक्षता तथा आँबुखैरेनी गाउपालिका ४ नं. वडाका वडा अध्यक्ष मिलन भुजेलको प्रमुख आतिथ्यतामा सो योग विज्ञान शिविर सुरु भएको हो । 

विद्यालय र समुदायलाई लक्षित गरि संचालन गरिएको सो शिविरको एक कार्यक्रमकाबिच ४ नं. वडाका वडा अध्यक्ष मिलन भुजेलले पानसमा दिप प्रज्जव गरि उद्घाटन गरेको छ । आँबुखैरेनी योग तथा खुशी समाजका १५ जना सहयोग शिक्षकको उपस्थिति रहेको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष बाट आमन्त्रित सम्पूर्ण ब्यक्तित्व हरुलाई स्वागत गरिएको थियो । 

375752777_720398193442298_2954078699881882147_n.jpg

आगामी भाद्र २६ गते सम्म संचालन हुने शिविरको उद्घाटन समारोहमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी सहायक निरिक्षक सुरेन्द्र थारू नेतृत्वको टोली, विद्यालयका विद्यार्थीहरु, युवा क्लब, आमा समुह, टोलबिकास संस्था,र अन्य संस्थाका प्रतिनिधीहरू साथै  समुदायका नागरिकहरू गरि १ सय २० जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष मिलन भुजेलले हामी सम्पुर्ण शारीरिक तथा मानसिक रूपले स्वास्थ रहन दैनिक योग गर्नुपर्नेमा जोड दिएको छ । वडा अध्यक्ष भुजेलले दैनिक योगले स्वास्थ र सुखी निरोगी जीवन र बालबालिकाको मानसिक तथा शारीरिक विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए । 

त्यस्तै, उनले योगको शिक्षा पाठ्यक्रमको सैद्धान्तिक ज्ञानमा मात्रा सिमित नराखी व्यवहारिक जिवनमा प्रयोगमा ल्याउन विधार्थी भाइ बहिनिहरुलाई आग्रह गरेको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक पम्फादेवी श्रेष्ठले जसरी मानव जीवनमा खानपान,निद्रा आवश्यक छ त्यसैगरी योग पनि अति आवश्यक रहेको बताए । 

प्रशिक्षक श्रेष्ठले विद्यालयका शिक्षकहरूलाई योग शिक्षक बनाउनका निम्त आवश्यक सहयोग गर्ने र योगको महत्त्वलाई बुझी योग शिविरमा सहभागी सम्पुर्णलाई विशेष धन्यवादका साथ आभार प्रकट गरे ।

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०७:३७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology