Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एस.पी.गौरब नेतृत्वको प्रेस सेन्टर सर्लाही नै आधिकारीक रहेको दाबी

एस.पी.गौरब नेतृत्वको प्रेस सेन्टर सर्लाही नै आधिकारीक रहेको दाबी

इच्छाकामना न्युज

२१, भाद्र २०८०
एस.पी.गौरब नेतृत्वको प्रेस सेन्टर सर्लाही नै आधिकारीक रहेको दाबी
images

सर्लाही । नेकपा (माओवादी केन्द्र)को शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष शंखर पहाडी (एस.पी.गौरब)ले आफुले नेतृत्व गरेको कमिटि नै आधिकारीक रहेको दाबी गरेका छन् ।

images
images

उनले स्थानीय केही नेताहरुले को कुन लाईन(खेमा)को भन्ने विषयमा केही विवाद सृजना गरेका र सामान्तर कमिटि बनाएका भए पनि आफुहरु नै महाधिवेशनबाट आएको कमिटि भएकाले आफुहरु नै आधिकारीक कमिटि रहेको दाबी गरे ।

प्रेस सेन्टर नेपाल केन्द्र र मधेश प्रदेश कमिटिका केही मानिसहरुले आफ्नो स्वार्थ सिद्ध गर्न आफ्नो लाईनको(खेमा)का मानिसहरुलाई समेटेर प्रेस सेन्टर नेपाल सर्लाहीमा विवाद सृजना गरेका अध्यक्ष एस.पी.गौरबले बताए ।

उनले संगठको सिद्धान्त विपरित कुनै जवाफ माग नगरी,ध्यानाकर्षण नगराई एकै पटक समिति विघटन गरेको सूचना फेशबुकमा जारी गर्ने प्रदेश कमिटि कुन सिद्धान्तमा चलेको छ । भन्ने विषयमा आफुले चर्चा गरि रहनु नपर्ने समेत बताए । उनले भने आफ्नो कमिटिको ७ जना पदाधिकारीहरु मध्य एक जना सहसचिव पहिलै देखि निष्क्रिय रहेका र बाँकी रहेका ६ जनाबाट एक जना उपा अध्यक्ष र एक जना सह सचिवका साथै २१ जना सदस्यबाट आठ जना सदस्य गरी कुन २७ जनाबाट १० जना लिएर केही झुण्डले बनाएको कमिटि आधिकारीक कमिटि हुने की अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी चार जना पदाधिकारी र १३ जना सदस्य गरी १७ जना रहेको समिति आधिकारीक हुने भन्नेमा आफुले बताई रहनु नपर्ने बताए ।

त्यसमा पनि पार्टीको सदस्य समेत नरहेका र अधिवेशनको समयमा बैठक पुस्तीकामा आफ्नो नाम केरेर हिडेका मानिसले आफुलाई आधिकारी भनि विज्ञप्तीहरु जारी गर्नु, लेटर प्याड र छाप किर्ते गर्दा पनि जाल नलाग्नु नै हास्यास्पद रहेको अध्यक्ष एस.पी.गौरबले बताए ।

समानान्तर कमिटिमा राख्ने मानिस नभएर नेकपा (एकिकृत समाजवादी) निटक समाजवादी पत्रकार संगठन सर्लाहीका अध्यक्षलाई आफ्नो कमिटिको उपाध्यक्ष बनाउनु पर्ने अवस्था सृजना हुने संगठन कुनै पनि हालतमा आधिकारी नभएको समेत अध्यक्ष एस.पी.गौरबले बताए ।

पार्टी भित्र देखिएको अन्तर संघर्ष वा खेमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीमा पनि देखिएको र यसले संगठनलाई फाइदा नहुने समितिका सचिव रमेश अधिकारी(रितिक)ले बताए । उनले भने सर्लाहीमा प्रेस सेन्टर बलियो देख्न नचाने मानिसहरुका कारण संठगनमा विवाद सृजना भयो । तर आफुहरु आधिकारीक समिति रहेको उनले पनि दाबी गरे ।

त्यसैगरी  समितिका उपाध्यक्ष राजेश थापा मगरले आफुहरुले सबै कुरा केन्द्रीय समितिलार्इ समेत जानकारी गराउँदा पनि त्यहाँबाट पनि कुनै चासो नदेखाउनुले सर्लाहीको प्रेस सेन्टर नेपालमा निकै ठूलो असर परेको बताए ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०८:३१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology