Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको पहिचान बनेको जन्माअष्टमी मेला ३ वर्षपछि पुनः लाग्दै, यसवर्ष मेला भव्य लाग्ने

आँबुखैरेनीको पहिचान बनेको जन्माअष्टमी मेला ३ वर्षपछि पुनः लाग्दै, यसवर्ष मेला भव्य लाग्ने

images

इच्छाकामना न्युज

२०, भाद्र २०८०
आँबुखैरेनीको पहिचान बनेको जन्माअष्टमी मेला ३ वर्षपछि पुनः लाग्दै, यसवर्ष मेला भव्य लाग्ने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीको पहिचान बन्न सफल जन्माअष्टमी मेला ३ वर्षपछि पुनः यस वर्ष लाग्ने भएको छ । हरेक वर्षको जन्माअष्टमीको दिन लाग्ने यो मेला आँबुखैरेनीको पहिचानको रुपमा स्थापित छ । कोरोनाका कारण ३ वर्षदेखि स्थगित मेला यस वर्ष भने पुनः लाग्ने भएको हो ।

विभिन्न जातजातिको साँस्कृतिक झलक, झाँकीहरु, नाचगान प्रस्तुत हुने यो जात्रा दशकौ देखि आँबुखैरेनीमा लाग्ने गरेको छ । यस वर्ष गाउँपालिकाको संरक्षणमा मेला लाग्न लागिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । ‘यो जात्रा आँबुखैरेनीको पहिचान हो, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो’ –उनले भने । 

विभिन्न संघ संस्थाको सहयोगमा आँबुखैरेनी साँस्कृतिक संरक्षण मञ्चले हरेक वर्ष यो जात्राको आयोजना गर्ने गर्छ । यस वर्ष पनि जात्रा भव्य बनाउन लागिपरेको मञ्चका अध्यक्ष भगवानदाश मल्लले जानकारी दिए । उनका अनुसार यसवर्षमा जात्रामा चुड्का १८ टिम, ८ वटा लाखे नाच, ६ वटा रोपाई नाच, बालेन नाच २ वटा, पाङ्दुरे नाच २ वटा, नवलपुरको थारु नाच लगायत विभिन्न समुदायको साँस्कृतिक नाँचहरु रहेको छ ।

यस्तै यसपटक पनि विभिन्न साँस्कृतिक झलकहरु सहित ¥यालीको समेत आयोजना हुने मञ्चका अध्यक्ष मल्लले बताए ।

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - १०:००:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology