Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको मिलनचोकमा मध्यरातमा ट्याक्टर दुर्घटना, २ जना घाईते

आँबुखैरेनीको मिलनचोकमा मध्यरातमा ट्याक्टर दुर्घटना, २ जना घाईते

images

इच्छाकामना न्युज

२०, भाद्र २०८०
आँबुखैरेनीको मिलनचोकमा मध्यरातमा ट्याक्टर दुर्घटना, २ जना घाईते
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज मध्यरात ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनीबाट डुम्रेतर्फ जादै गरेको ग १ त ५५२० नम्बरको ट्याक्टर मध्यरात करिब साढे १२ बजेतिर अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा ट्याक्टर चालक र सहचालक घाइते भएका हुन् ।

घाइते हुनेमा ट्याक्टर चालक आँबुखैरेनी गाउँपालिका–२ खानीखोला बस्ने २९ वर्षीय विशाल गुरुङ र सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए ।

घाइते दुवैलाई आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - ०९:१३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology