कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा खाद्य अधिकार तथा खाद्य प्रणाली योजना तर्जुमा तालिम सुरु भएको छ । गाउँपालिका र राष्ट्रिय योजना आयोगको आयोजनामा मंगलबार देखि तालिम सुरु भएको हो । बिहिबारसम्म संचालन हुने तालिममा विश्व खाद्य संगठन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमको प्राविधिक सहयोग रहेको छ ।
विशेष गरेर खाद्य अधिकार, खाद्य सम्प्रुभता, खाद्य सुरक्षा र खाद्य प्रणालीको अवधारण, ऐनका प्रभावधानहरु, कार्यान्वयनको अवस्था सो सम्बन्धि रणनीतिक योजना निर्माण लगायतका सम्बन्धमा तालिम संचालन भएको हो । तालिममा खाद्य प्रणालीको विषवस्तुमा विश्व खाद्य संगठनका पुष्प श्रेष्ठ, राष्ट्रिय योजना आयोगका चन्द्र बहादुर थापा र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमका महेश खरेलले सहजिकरण गरिरहेका छन् ।
तालिमको पहिलो दिन समुद्घाटन शत्र इच्छकामना गाउँपालिकाको अध्यक्ष्य दान बहादुर गुरूङको अध्यक्षता तथा राष्ट्रिय योजना आयोग सदस्य माननीय डा. जयकान्त राउतको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
यस्तै तालिममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, सबै वडाका वडाध्यक्षहरु, शाखागत प्रमुखहरु इच्छाकामना उद्योग वाणिज्य संघ, बीउ व्यवसायी, अगुवा कृषक, कृषक समूह प्रतिनिधि र पत्रकारहरुको सहभागीता रहेको छ ।