Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुख्यमन्त्री शालिकराम जम्कट्टेल पहिलो पटक आज इच्छाकामनामा आउँदै

मुख्यमन्त्री शालिकराम जम्कट्टेल पहिलो पटक आज इच्छाकामनामा आउँदै

images

इच्छाकामना न्युज

२०, भाद्र २०८०
मुख्यमन्त्री शालिकराम जम्कट्टेल पहिलो पटक आज इच्छाकामनामा आउँदै
images

कुरिनटार ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल पहिलो पटक आज इच्छाकामनाको कुरिनटार आउने भएको छ । धादिङ चेली इच्छाकामना सहयात्री संस्थाद्धारा आयोजित बृहत तीज गीत प्रतियोगिता कार्यक्रमको मुख्य अतिथिको रुपमा कुरिनटार आउन लागेका हुन्  । 

धादिङ चेली इच्छाकामना महिला सहयात्रि संस्थाले नजिकिँदै गरेको नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा  आज   श्री कृष्ण जन्माष्टमीको दिन कुरिनटारमा वृहत तीजगीत प्रतियोगिता आयोजना गरेका हो ।  प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतिय हुनेलाई ५ हजार र सान्त्वना हुने २ टिमलाई ३ हजार सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने संस्थाका अध्यक्ष रीता अर्याल नेपालले जानकारी दिइन् । 

प्रतियोगितामा सहभागीताको लागि टिम दर्ता शुल्क ३ सय तोकिएका छ भने भदौ २० गते बिहान १०ः०० बजे भित्र सम्म टिम दर्ता गरि सक्नु पर्नेछ । यस्तै प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई यातायात खर्च वापत १ हजार रुपैया प्रदान गरिने पनि अध्यक्ष नेपालले बताइन् । 

प्रतियोगितामा इच्छाकामनासहित छिमेकी पालिकाहरुबाट पनि सहभागिता जनाउन सक्ने  उनले बताइन् । 

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - ०८:१६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology