Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चुम्लिङटारमा स्थानीय चन्द्रमणी सापकोटाको अध्यक्षतामा सुपर त्रिशूली हाइड्रडो पावर सरोकार समिति गठन

चुम्लिङटारमा स्थानीय चन्द्रमणी सापकोटाको अध्यक्षतामा सुपर त्रिशूली हाइड्रडो पावर सरोकार समिति गठन

images

इच्छाकामना न्युज

१९, भाद्र २०८०
चुम्लिङटारमा स्थानीय चन्द्रमणी सापकोटाको अध्यक्षतामा सुपर त्रिशूली हाइड्रडो पावर सरोकार समिति गठन
images

चुम्लिङटार । सुपर  त्रिशूली   हाइड्रडो पावर सरोकार समिति गठन गरिएको छ । आयोजना प्रभावित  क्षेत्रका स्थानीयहरुको भेलाले चन्द्रमणी सापकोटाको अध्यक्षतामा  सरोकार समिति गठन गरिएको हो । 

भेलाले सरोकार समितिको उपाध्यक्षमा कञ्चन गुरुङ ,सचिवमा लक्ष्मण श्रेष्ठ, सह–सचिवमा गोमा  घिमिरे, कोषाध्यक्षमा माधव प्रसाद पोखरेलाई चयन गरेका छन् । 

सदस्यहरुमा कमल ठकुरी, ईश्वर पोखरेल,नारायण श्रेष्ठ,उत्तम गुरुङ, प्रकाश पोखरेल, कर्ण बहादुर गुरुङ, लालमती खनाल र पशुपति बुढाथोकी रहेका  छन् ।  

सरोकार समितिले आयोजनाबाट  स्थानीय बस्तीहरुमा पर्न सक्ने असर, स्थानीयबासीले पाउनुपर्ने हकअधिकारका बारेमा आवाज उठाउनुका साथै आयोजना सञ्चालनका  लागि सहजीकरण गर्ने सरोकार समितिका अध्यक्ष चन्द्रमणी सापकोटाले  बताउनुभयो ।  
 प्रभावित क्षेत्रका स्थानीयहरुले पाउने अधिकारहरु सीप अनुसार रोजगार,स्थानीयलाई शेयर पाउनुपर्ने लगायतका विषयहरुमा आवाज उठाउने छन्  । साथै आयोजना निर्माणको क्रममा बस्तीहरुमा पर्ने असर र क्षतीपुर्तीका विषयलाई उठाउने र समस्याहरुको हल गरि आयोजनालाई सफल रुपमा निर्माण सम्पन्न गर्न सहजता प्रदान गरिने उहाँको भनाई छ । 

भेलाले सल्लाहकार  समित पनि गठन गरेका  छन् । सल्लाहकार समितिको संयोजकमा गोवर्धन अधिकारी,सदस्यहरुमा माधव घिमिरे,एकराज शर्मा,दीपक खनाल,विष्णु सापकोटा, प्रकाश अधिकारी राजकुमार गुरुङ,राम बहादुर गुरुङ र  मिन बहादुर  श्रेष्ठ रहेका  छन् ।   गोरखाको गण्डकी गाउँपालिका १ बुटार र  चितवनको इच्छाकामना ३ चुमखोलामा १०० वाटा क्षमताको हाइड्रोपावर आयोजना निर्माण भइरहेको छ । 

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - २०:५०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology